९९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

९९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
बैतडी, १६ जेठ
बैतडीमा कोरोना संक्रमितको सम्पर्कमा रहेका र आरडिटी पोजेटिभ देखिएका ८ प्रहरीसहित सबै ९९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर रिपोर्ट नेगेटिभ आउनेमा जिल्ला न्यायाधीशसहित अदालका कर्मचारी तथा प्रमुख जिल्ला अधिकारीसहित छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकसहित जिल्ला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, संक्रमितका आफन्त र संक्रमितसँगै थुनामा रहेकाहरुको स्वाब रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रहेका शिवनाथ गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उहामा कोरोना पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङ गरी नजिकिएकाको स्वाब संकलन गरी पिसिआर जाँचिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका ती युवक त्यसअघि भारतबाट फर्किनु भएको थियो । हिरासतमा रहेका ती युवकमा संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय पनि सिल गरिएको थियो । स्वाब संकलन गरी पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जनाइएको छ । ती संक्रमितको पुनः पिसिआर परीक्षण गरिने भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । उहाको स्वाबको नमुना संकलन गरी धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख वसन्तराज जोशीले जानकारी दिनु भयो । सामान्यतया संक्रमण पुष्टि भएको कम्तीमा १ हप्तामा पिसिआर परीक्षण गरिन्छ । लगातार २ पटकसम्म पिसिआर रिपोर्ट नेगेटिभ आए उहालाई डिस्चार्ज गरिने बताइएको छ । गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उहामा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । संक्रमित ती युवक चैत ६ गते भारतबाट आउनु भएको थियो ।

सम्बन्धित

Comments are closed.