आज दिउसो कञ्चनपुर सहित सुदुरपश्चिममा भारी बर्षा हुने सम्भावना

आज असार २६ गते बिहिबार विहान कञ्चनपुरको विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
आज बिहिबार दिउसो कञ्चनपुर सहित सुदुरपश्चिमको अन्य जिल्लामा पनि भारी बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
कञ्चनपुरको महाकाली, डोंडा, बनहरा, सनबोरा, चौधर र खङला नदीमा पानीको बहाब बढन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
कोशी, बाग्मती र लुम्बिनी प्रदेशको एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.