महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका केरा किसान अर्जुन जेठाराले व्यवसायिक रुपमा केरा खेतीबाट वार्षिक २ करोड बढीको कारोबार गरेका छन् । असार ९ गते कृषि ज्ञान केन्द्रले उनलाई उत्कृष्ट किसानबाट समानित पनि गरेको छ । उनले अहिले ४० बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् ।

जेठाराले आफ्नो जीवनको १७ वर्ष भन्दा बढी समय व्यवसायिक केरा खेतीमा विताएका छन् । सुरुवातिमा बैङ्गबाट ऋण लिईसुरु गरिएको व्यबसाय बाट अहिले ढुवानी साधन ट्रक किनेको, घर बनाएको मोटरसाइकल खरिद, स्वास्थ्योपचार तथा छोरा छोरी लाइ स्नातक, स्नातकोत्तर सम्मको अध्ययन अराएको जेठारा बताउनु हुन्छ । यस व्यवसायमा करिव १० जना कर्मचारीहरुलाई दैनिक रोजगारीको अवसर तथा ४ सय जनालाई वार्षिक रुपमा आंशिक रोजगारीको अवसर प्राप्त भएको छ ।

उनले २ करोड बरावरको बार्षिक कारोबार गर्छन् भने ४०–४५ लाखखुद आम्दानी गर्छन् । सामान्य लेखपढ सम्म को मात्र अध्ययन गरेका उनले बि.स. २०६४ सालमा ३ कट्ठा बाट केरा खेति सुरु गरि अहिले कञ्चनपुर र कैलालीमा जग्गा भाडामा लिएर ४० विघा जमिनमा केरा खेती संचालनमा ल्याएका छन् । वि.स २०७० सालमा बनदेबी केरा फर्म दर्ता गरि व्यवसायिक, केरा खेतीको सुरुवात गरेका थिए ।
सामान्य लेखपढ गरेका जेठारापुंजी को अभावले गर्दा कुन व्यवसाय गर्ने भनेर भौतारी रहँदा, साविकको जिल्ला कृषि विकास कार्यलय बाट बि.स. २०६४ सालमा छोटो अवधिको तालिम र सोहि वर्ष हल्वेटास नेपाल नामक सस्थाले चितवन वाट केराको गानो र मल सहयोग मार्फत ३ कट्टा बाट केरा ब्यबसाय सुरु गरी नाफामुलक देखिएपछि हाल बिभिन्न आरोह अवरोहका बाबजुद ४० विघा जमिनमा व्यबसायिक केरा खेति तथा आफै बजारीकरण समेत गर्दै आइरहेका छन् ।
हाल आएर आफ्नो स्वामित्वमा रहेको २ विधा र ३८ बिघा जग्गा भाडामा लगेर कंचनपुर र कैलाली जिल्लामा व्यबसायिक केरा खेति गर्दै आएका छन् । जम्माआठ जनाको परिवार सहित बसोवास गर्दै आएका जेठारा केरा खेति मार्फत छोरा छोरि को उच्च शिक्षा सम्मको अध्ययन का साथ साथै केहि सम्पति पनि जोड्न सफल भएका छन् ।
उनले गरेको केरा खेति हेरेरै धेरैले व्यवसायिक केरा खेतीमा पेसामा हात मात्रै हालेका छैनन्, सफल समेत भइसकेका छन्, त्यसैले उनलाई व्यवसायिक केरा खेतिका अगुवा कृषक भनेर समेत भनिँदै आइएको छ । ५१ वर्षका जेठारा अहिले पनि अधिकांश समय केराको बजारीकरण र खेतबारीमै व्यतीत गर्नुहुन्छ ।
विहानै उठेर बारीमा नगए सम्म जेठाराको मन मान्दैन । कृष्णपुर नगरपालिकामा रहेको महाकाली विधालयको ३.५ विघा जमिन प्रति विघा ३९ हजार बार्षिक दरले भाडामा लिएर केरा खेति गरेका थिए । जेठारालाई केरा खेति को मोह बढ्दै गई वि.स. २०७२ सालमा कृष्णपुर नगरपालिका भित्रै थप १५ बिघा जग्गा भाडामा लगेर र कैलाली जिल्लाको दुर्गा भवानी विधालय को ५.५ बिघा जमिन भाडामा लीई अब्बल केरा खेति कृषक को रुपमा आफ्नो नाम दर्ज गराउन सफल भएका थिए ।
केरा खेतीमा सफल हुँदै गएका जेठाराको केरा खेतीमा आत्मविश्वास बढ्न गई वि.स. २०७५ मा समैजी विधालय को ५ बिघा जमिन भाडामा लगेर थप केरा खेति विस्तार गरेका थिए । केरा खेति मार्फत मनग्य आम्दानी गर्दै सफल भएका जेठारा लाई वि.स. २०७७ सालको बैशाख र जेष्ठमा आएको हावाहुरीले ठुलो मात्रामा केरा खेति नोक्सान भई निराश हुनु परेको थियो ।
आ.व.२०७५÷७६मा कृषि ज्ञान केन्द्र कंचनपुर वाट लगभग ३९ लाख अनुदान सहयोगमा राईपेनिंग च्याम्बर निर्माण पश्चात आफु लगाएत् अन्य किसान हरुको केरा खरिद गर्ने र बजारिकरणमा सहयोग गर्ने गरेका छन् । कंचनपुर ज्ञान केन्द्रका प्रमुख गेविन्द सिजापतीले केरा ब्लक कार्यक्रम अन्तर्गत स्यालो बोरिङ्ग, पावर टिलर सहयोग पाएको बताउनु भयो ।
कृषि कर्जा को व्याजमा अनुदान तथा कृषि बिमाको प्रिमियम शुल्क समेत निरन्तर कृषि ज्ञान केन्द्र बाट सहयोग पाईरहेको उहाँले बताउनु भयो । जग्गा खण्डिकरणले गर्दा जग्गा भाडामा पाउन गाह्रो भएको, समयमै कामदार नपाउने मुल्यमा उतार चढाब हुने विभिन्न रोग किराको विज्ञ प्राविधिकको कमी, केराको वाई प्रोडक्ट उद्योग नभएको, टिस्त्यु कल्चरबाट उत्पादित विरुवा सजिलै नपाउने, उन्नत जात तथा श्रोत अभाव, उचित वजारको अभाव जस्ता समस्या रहेको बताएका छन् ।
सफल केराव्यबसायीजेठाराआफु केरा व्यवसाय बाट निकै सन्तुस्ट हुनुका साथै ३०÷४० हजारको जागिर खानु भन्दा केरा व्यवसाय गर्नु बेश भनेर आफ्नो पेशा प्रति सम्मान एवमगौरव महसुस गरेको बताउछन, सुरुमा आफुले उत्पादन गरेको केरा बेच्न जादा ब्यापारिलाई नमस्कार हजुर मेरो केरा लगिदिनुस भन्ने गरेको र हाल आफ्नै राईपेनिंग च्याम्बर तथा बजारिकरणमा पनि लागिरहेको हुँदा ती व्यापारीहरु नमस्कार जेठारा जी मलाइ यति केरा चाहियो भनेर भन्ने गरेको बताउछन ।
केरा उत्पादन हुने बेलामा भारत वाट ठुलो मात्रामा केरा भित्रिन गई कृषक हरुले उचित मुल्य नपाउनु परेको विगत सम्झिदै जेठारा भन्छन् भारतीय केराको अनाधिकृत आयात रोकी स्वदेशी केराको बजारीकरण लाई व्यवस्थित बनाउन सरकाले आवश्यक नीति नियम बनाउन आवश्यक छ ।
सम्भव भए सम्म केराको मुल्य निर्धारण वैज्ञानिक ढंगले गरेमा कृषक हरु समेतलाई राहत हुने जेठारा बताउँछन् । केरा खेतिको बाई प्रोडक्ट को लागि उद्योग स्थापनाका साथ साथै केरा पर्यापर्यटनमा जोड दिन सके आफु जस्तै अरु कृषक हरु पनि केरा खेति तर्फ अग्रसर हुने बताउ छन् ।
Comments are closed.