सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुदै
धनगढी, १८ जेठ
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १९ गते सोमबार प्रस्तुत गर्ने भएको छ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सोमवार दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको बताउनु भयो ।
प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उहाले बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ । कोरोना भाइरसका कारणले सिर्जित असहज अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकता दिएर आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताउनु भयो । उहाले विपद्मा परेका व्यक्तिको उद्धारका लागि केन्द्र स्थापना गर्न बजेट ल्याइने, दार्चुलाको ब्यास गाउँपालिका लागि विशेष विकास प्याकेज ल्याउनेलगायतमा जोड दिइने बताउनु भयो । प्रदेश सरकारले एकीकृत विकास प्रणालीमा आगामी बजेट निर्माण गर्ने उहाको भनाइ छ ।
शुक्लाफाँटा खबर
6860 posts
Comments are closed.