आज असार ३१ गते मंगलबार दिउसो कञ्चनपुरको धेरै कम क्षेत्रमा हल्का वर्षा हुने र राती कञ्चनपुर सहित सुदुरपश्चिमको अन्य पहाडी जिल्लामा मेघगर्जन चटयाङ्ग सहित हल्का मध्यम बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् । खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ । कोशी, गण्डकी, लुम्बीनी र कर्णाली प्रदेशको एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ । साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.