पर्याप्त र गुणस्तरयुक्त स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण, स्वास्थ्यकर्मी

कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।

उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उनले बताए । पर्याप्त र गुणस्तरयुक्त स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण भएको उनले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.