महेन्द्रनगर आँखा अस्पतालमा विना ईन्जेक्सन ४४ जनाको आँखाको शल्यक्रिया

महेन्द्रनगर । महेन्द्रनगर आँखा अस्पताल मा ४४ जनाको आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ । विना सुई (बिना इन्जेक्सन) थोपा औषधी राखेर फेको प्रविधि बाट ४० जना मोतिविन्दु र मासु बढेको ४ जना गरी जम्मा ४४ जनाको सफल आँखा को शल्यक्रिया सम्पन्न.भएको आँखा अस्पताल महेन्द्रनगरका आँखा अधिकृत विरसिंह धामीले बताउनु भयो ।

नेपाल नेत्र ज्योति संघ गेटा आंखा अस्पताल महेन्द्रनगरमा विना सुई लगाएर अहिले फेको मसिनबाट आँखाको शल्यक्रिया भईररहेको उहाँले बताउनु भयो ।

डा. दिपक खडकाको संयुक्त टिम र नेपाल नेत्र ज्योति संघ महेन्द्रनगर आँखा अस्पाताल टीमले शल्यक्रिया गरेको उहाँले जानकारी दिनु भयो । कञ्चनपुरमा रहेको आँखा अस्पतालले विगत ४ दशकदेखी आँखा उपचारमा आफनो सेवा प्रदान गरीरहेको छ ।

अहिले उक्त अस्पतालमा नेपालीले मात्र नभई भारतीय नागरिकले समेत आँखाको विभिन्न समस्याको उपचार गराउँदै आएका छन् ।नेत्रज्योती संघद्धारा संचालित यस गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरमा अहिले दैनिक १ सय बढीले सेवा लिईरहेका छन् ।

भीमदत्त नगरपालिका १८ मा सालघारी जानेबाटोमा अवस्थित उक्त आँखा अस्पतालमा अहिले मोति विन्दुको र मासु पलाएको सफल शल्यक्रिया हुने,आँखा पाकेको आँखा दुख्नेलगायत समस्याकोसफल उपचार भईरहेको छ ।

अहलिे गर्मीको समयमा आँखा पाक्ने, आँखामा एलर्जी हुने, आँखा दुख्नेलगायतको समस्या लिएर विरामीहरु आउने गरेको आँखा अस्पताल महेन्द्रनगरका आँखा अधिकृत विरसिंह धामीले बताउनु भयो ।

यो गर्मी मौसममा आँखाकोसरसफाईमा विषेश ध्यान दिने, बाहिर जाँदा कालो चश्मा लगाउने क्याप टोपी लगाएर मात्रै बाहिर जाने, समय समयमा आफनो आँखाको चेकजाँच गराउनु पर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.