कञ्चनपुर मण्डी व्यवसायी संघको अध्यक्षमा पुनः सोनार चयन

महेन्द्रनगर । कञ्चनपुर मण्डी व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा विशाल सोनार चयन हुनु भएको छ । १६ औं वार्षिक साधारणसभा एवम ९ औं अधिवेशनले सोनारलाइ सर्वसम्मतीमा अध्यक्षका लागि चयन गरेको हो ।

शनिवार शब्जी मण्डीमा भएको कार्यक्रमबाट उपाध्यक्षमा अनिल प्रशाद चौधरी, महासचिव गोविन्द सिंह सावद, सचिव हेमन्त जोशी, कोषाध्यक्ष विरेन्द्र प्रशाद जोशीलाई चयन गरिएको छ ।

यसैगरी सदस्यमा मालती भण्डारी, विश्ना राना, टेकेन्द्र थापा, सुरेन्द्र चन्द, दशरथराज धिक्त, रमित ओझा, र मानबहादुर चन्द चयन भएका छन् । यसैगरी सल्लाहाकारमा तर्कराज भट्ट र प्रकाश उपाध्याय रहनु भएको छ ।

सम्बन्धित

Comments are closed.