लैङिगक हिंसा न्युनिकरणमा काम गर्ने सरोकारवालाहरुको सामाजिक नक्शाङकन सम्बन्धी कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले लैङिगक हिंसा न्युनिकरणमा काम गर्ने स्थानिय सरोकारवालाहरुको सामाजिक नक्शाङकन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा महिलाहरुको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरु संग निड्स नेपाल संस्थाले संचालन गरीरहेको महिला शसक्तिकरण कार्यक्रम संगै रहेर काम गर्ने विषयमा छलफल भएको थियो ।

विषेश गरेर सामाजिक नक्शाङकनको उदेश्य सरोकारवालाहरुको पहिचान र उनिहरुले प्रदान गर्ने सेवा तथा पद्धतिहरुको पहिचान गर्न आजको कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अनुगमन तथा मुल्याङकन अधिकृत पुष्पा जोशीले बताउनु भयो ।संस्थाहरुको आगामी योजना तथा प्राथमिकताको विषयमा जानकारी पाउन, व्हाट्स एपको निर्माण गरी विभिन्न केसहरु सुचना आदानप्रदान गर्न सहजता गराउनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

साथै ओसिएमसि संगको समन्वय विस्तार तथा पिडितलाई सेवा पहुँचमा सहज वातावरण बनाउन सबैसंग रहेर छलफल गरिएको जानकारी दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले कृष्णपुर नगरपालिकामा छाउगोठमा मृत्यु भएको घटनाले जिल्लामा मात्रै नभएर देशैभरमा तरंग ल्याएको बताउनु भयो ।

यस्तो कुरुती कुसंस्कारको अन्त्यका लागि सबै संघसंस्थाहरुले मिलेर काम गर्नु वताउनु भयो । धर्म र समुदायको डरले नै उहाँको मृत्यु भएको उहाँले बताउनु भयो । संस्थाका कार्यकारी निर्देशक भवराज रेग्मीले यो विषयमा सबै संस्थाहरुले हातेमालो गरेर अगाढी बढनु पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष दुर्गा खरेलले कार्यक्रममा सहभागीहरुलाई समय प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै महिला हिंसा को क्षेत्रमा जिल्लामा लामो समयदेखी विभिन्न संस्थाले कार्य गर्दै आइरहेको सन्दर्भमा सबैले अझै मिलेर धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

कार्यक्रममा उपश्थिती रहेका संस्थाहरुले आफनो कार्यक्रम र संस्थाले प्रदान गरीरहेका कार्यक्रमको बारेमा जानकारी प्रदान गरेका थिए । साथै यो कार्यक्रममा कसरी जोडिन सकिन्छ र कसरी आगामी दिनमा संगै हातेमालो गर्न सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गरेका थिए । महिला शसक्तिकरण परियोजनाका कृषि अधिकृत हेमन्त महराले संचालन गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.