बैतडीको पर्यटकीय सहस्त्रलिङ्ग प्रचारप्रसारको अभावले ओझेलमा

महेन्द्रनगर । बैतडीमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।यिनैमध्ये बैतडीको दशरथचन्द नगरपालिका वडा न. ४ मा रहेको नेपालकै दुर्लभ सहस्त्रलिङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । साहिलेक बजार नजिकै रहेको यो सहस्त्रलिङ्ग अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् ।

प्राचीन पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिरको नजिकै भएकाले स्थानीयले यो नाम सहस्त्रलिङ्ग राखेको हो ।कालभैरव बामुनी आमा कालिकादेवी मालिका दुर्गा भगवती रानादेउ महाराज मन्दिर समेत रहेको यो सहस्त्रलिङ्ग परापूर्वकालमा महादेवमा गरिएको पूजा सहस्त्रलिङ्ग सम्म आइपुग्ने गरेको किम्बदन्ती रहेको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत साहुले बजार नजिकै रहेको यो सहस्त्रलिङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय उद्धव सिंह ठगुन्ना ले बताए । उनले भने ‘प्राचीन पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरको नजिकै रहेको यो सहस्त्रलिङ्ग लोभलाग्दो छ ।

सहस्त्रलिङ्ग मन्दिरमा पूजाआजा गर्दा सो शिव कुण्ड पानीले स्नान गर्ने चलन समेत रही आएको छ । तर प्रचारप्रसार नहुँदा सहस्त्रलिङ्ग ओझेलमा परेको छ ।’सहस्त्रलिङ्ग एक अद्भुत प्राकृतिक सौन्दर्य हो। यो सहस्त्रलिङ्ग प्राकृतिक र धार्मिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

सहस्त्रलिङ्ग संगै रहेको मन्दिरमा पूजाआजा, दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । प्राकृतिक आकर्षण मात्र नभई हिन्दु धर्मालम्बीहरूको लागि धार्मिक स्थल समेत रहेको यो सहस्त्रलिङ्ग बिषयमा स्थानीय सरकारले समेत चासो नदेखाएका कारण ओझेलमा परेको ऐरले बताए ।

उनले भने ‘स्थानीय सरकारले यसको प्रचारप्रसारमा ध्यान दिन सकेमा धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । आन्तरिक पर्यटकहरुका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ ।’

साउन महिनाको अन्तिम सोमवार २६गेत द्वितीया तिथिको विशेष महत्व रुद्री अभिषेक पुजाआजापाठ मेला लाग्ने गर्दछ। सहस्त्रलिङ्ग मन्दिरमा तर स्थान सम्म पुग्नका लागि बाटोघाटो र सडकको व्यवस्था गरिएको छ ।

सम्बन्धित

Comments are closed.