कञ्चनपुरमा दुध बेचेर छोरा छोरीलाई डाक्टर र ईन्जिनियर बनाएकी आमा

महेन्द्रनगर । नेपालमा काम छैन भनेर विदेश जानेहरुका लागि गतिलो उदाहरण बन्न सफल भएकी छन् भैसी पालेर मासिक लाखौको आम्दानी मात्रै होईन, छोरालाई ईन्जिनियर र छोरीलाई डाक्टर पबिनाउन सफल भएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ निम्बुखेडा रामजानकी टोलकी सरस्वती पाण्डेयले भैसीको दुध बेचेर आफना सन्तानलाई डाक्टर र ईन्जिनियर पढाई रहनु भएको छ ।

कोरोनाको समयमा दुध खानलाई एउटा भैसीबाट सुरुवात गरीएको भैसी पालन अहिले १३ वटा भैसी २ गाई पाडपाडी गरेर ३५ वटा गाईवस्तु पालन गर्नु भएको छ ।

आफनो सुसुरा बुवाको निधनपछि विदेशमा रहेका श्रिमान नेपालमा फिर्ता आएपछि दुध खानको लागि सुरुवातमा एउटा भैसी किनेर ल्याएको खाएर पनि दुध बचेपछि बेच्न थालियो, आम्दानी भयो फेरी अर्काे भैसी जोडियो यसरी नै गर्दा अहिले दैनिक ४० देखी ४५ लिटर दुध महेन्द्रनगरमा घरघरमा गएर बेचिरहनु भएको छ ।

आफना श्रिमान विगत २५ वर्षदेखी वैदेशिक रोजगारमा जाने घर आउने गरेको र अहिले विदेश जान नपरेको उहाँले बताउनु भयो । आफु मात्रै होईन अन्य २ जनालाई पनि प्रत्यक्ष रोजगारी पनि दिएको र यहाँ काम गर्ने कर्मचारीहरुले पनि आफना बालबालिकालायृ राम्रो विद्यालयमा हालेको उहाँले बताउनु भयो ।

“विदेशमा जाने श्रिमान अहिले यतै रोकिनु भएको छ, जिवनभर विदेशमा जाने श्रिमानले अहिले काममा सहारा बन्नु भएको छ, विहान ४ बजे उठेर काममा खटिनुपर्छ, काम गर्न समस्या छैन, मिहिनेत गर्नुपर्ने हुन्छ सबै ठिक हुन्छ” उहाँले भन्नुभयो, “दुध बेचेर नै यसैको कमाईले छोरा ईन्जिनियर पढदै छ भने छोरी डाक्टर अध्ययन गर्दैछीन दुवै जनाको अन्तिम वर्ष हो,

जमिन बेचेर ६० लाख भन्दा बढी यसमै लगानी गरेका छौ” अहिले हामी ४ जना यसैमा लागेर काम गरी रहेका छौ, सुदूरपश्चिम प्रदेशले उत्कृष्ट किसान भनेर नगदसहित सममान गरेको र कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि उत्कृष्ट किसान भनेर नगदसहित सम्मान गरेको उहाँले जानकारी दिनु भयो ।

यो सम्मानले अझै थप हौसला मिलेको छ, फेरी यस्मा भैसी थपेर ठुलो व्यवसायी बन्ने ईच्छा छ, अब हेरौ कहिले पुरा हुन्छ त्यो ईच्छा,

सम्बन्धित

Comments are closed.