भीमदत्त उपप्रमुख निलम लेखकलाई महिलाहरुले गरे सम्मान

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकलाई महिलाहरुले भव्य सम्मान गरेका छन् । भीमदत्त नगरपालिका १ बारहकुण्डामा रहेको “योगदान राष्ट्रका लागि” मा आवद्ध महिलाहरुले उपप्रमुखलाई सम्मान गरेका हुन् । सावन १५ गते खिर खाने दिनको अवसर पारेर महिलाहरुको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लेखकले आफुलाई गरेको यो माया सदभाव र सम्मान प्रती हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । आफु महिला भएका कारणले पालिकाबाट विनियोजन हुने बजेटमा महिलाहरुको मागलाई पहिलो प्राथमिक्तामा राखेर काम गरेको बताउनु भयो ।

महिलाहरुलाई सिप मुलक कार्यक्रमहरु आत्मनिर्भर बनाउने र दक्षता बनाउने कार्यक्रमहरु प्नि प्रदान गरेको र कतिपय दिदिबहिनीहरुले तालिम पश्चात अहीले व्यवसायमा लागेर आम्दानी गरीरहेको बताउनु भयो । साथै यो क्षेत्रका महिलाहरुको सिप विकास गर्न, सिपमुलक तालिमका लागि पनि आफुले सक्दो पहल गर्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

आज खीर खाने दिन भएपनि दिदिबहिनीहरु संग भेटघाट आत्मियता सममान सत्कार गर्ने पनि यो वातावरण रहेको बताउनु भयो । हाम्रो परम्परा रितिरिवाजलाई सम्मान गर्दै यसलाई मनाउनका लागि आउनु हुने सबै महिलाहरुलाई उच्चसम्मान रहेको बताउनु भयो ।

“योगदान राष्ट्रका लागि” का भीमदत्त नगरपालिकाका अध्यक्ष ज्योत्सना विष्टले आज सावन १५ गते खीर खाने र उपप्रमुख लेखकलाई सम्मान पनि गर्ने भनेर कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

उपप्रमुखले भीमदत्त नगरपालिकामा महिलाहरुको क्षेत्रमा उल्लेखीय कार्य गरेको भएर आज यो क्षेत्रमा रहेको महिला समुहका दिदिबहिनीहरुले सम्मानका साथमा न्यानो स्वागत गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.