महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको आयोजनामा समाज कल्याण परिषद काठमाडौका सदस्य सचिव मनोट भट्ट संग कञ्चनपुरमा रहेका नागरिक संघसस्थाहरुले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । कञ्चनपुरमा सक्रिय रुपमा रहेका संस्थाहरुले आफुले गरेका कामको बिवरण तथा त्यसको उपलब्धीका बारेमा परिषद लाई जानकारी समेत गराएका छन ।

उनीहरुले भोग्दै आएका समस्याहरुका बारेमा समेत सदस्य सचिव मनोज भट्ट मार्फत परिषद लाई जानकारी समेत राखेका थिए । साथै परिषदले सुदुरपश्चिम क्षेत्रमा रहेका नागरिक संघसंस्थाहरु यहाँ रहेका क्लव तथा ससना संघसंस्थाहरु लाई समेत सहयोग गर्नुपर्ने कुराहरुको संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले राखेका थिए ।
गैसस महासंघ कञ्चनपुरका कार्यवाहक अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा समाजकल्याण परिषदका सदस्य सचिव मनोज भट्ट प्रमुख अतिथि रहेका थिए भने समाजकल्याण परिषदका अनुगमन टिम लिडर कमल सुवेदी र गैसस महासंघ केन्द्रिय उपमहासचिव भवराज रेग्मी बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा महासंघका उपमहासचिव भवराज रेग्मीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए भने महासंघका पुर्व अध्यक्ष द्धय कृष्ण सिह देउपा र नितु भट्ट लगायतले संस्थाले भोगीरहेका समस्याको जानकारीका साथै समाधानका लागी परिषद संग आग्रह समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी भट्टले कञ्चनपुर लगायत सुदुरपश्चिम प्रदेशमा आफुले सघसंस्थाहरुलाई भरपुर सहयोग गर्ने बाचा समेत गरेका थिए ।
कार्यक्रममा खुल्ला छलफलमा सबै संघसस्थाका प्रतिनिधिहरुले आफनो संस्थाको बारेमा कुराहरु राखेका थिए । गैसस महासंघ कञ्चनपुर शाखाका सचिव अञ्जु भट्टले कार्यक्रमको संचालन गरेकी थिईन ।
Comments are closed.