भीमदत्त कार्यवाहक प्रमुख लेखक ः जेहेन्दार विद्यार्थीको शिक्षामा पालिकाले सहयोग गर्ने छ

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले गरिव जेहेन्दार उत्कृष्ट विद्यार्थीहरुले आफनो आर्थिक अभावले गर्दा उच्च शिक्षाको पढाईलाई रोक्नु पर्ने अवस्था नआउने बताउनु भएको छ ।कञ्चनपुरमा रहेको महाकाली बहुप्राबिधिक शिक्षालयले विद्यार्थीहरुको विदाई कार्यक्रमको प्रमुख अतिथी रहनु भएकी भीमदत्त नगरपालिका कार्यवाहक नगर प्रमुख लेखकले कुनै पनि गरिव जेहेन्दार, मिहिनेती विद्यार्थीले आफनो आर्थिक अभावले उसको पढाई नरोकिने बताउनु भयो ।

उहाँले आर्थिक अभाव छ पढनमा उत्कृष्ट छ भने उसको पढाइको जिम्मेवारी पालिकाले लिने बताउनु भयो । आफनो सपना साकार गर्न पालिकाले सदैव साथ दिने बताउनु भयो । विद्यार्थीहरु अहिले आफनो भविष्य निर्माणको चरणमा रहेको बताउँदै आफनो जिवनमा कहीँ कतै अध्ययनको दौरानमा समस्या आए वा पढनका लागि समस्या भए भिमदत्त नगरपालिकाले मिहिनेती लगनशिल र उत्कृष्ट विद्यार्थीलाई जहिले पनि साथ र सहयोग गर्ने बताउनु भयो ।

यो विदाई कार्यक्रम रहेपनि आफुले यसलाई फेरी भेटौला भन्ने शब्दले उच्चारण गर्न चाहेको प्राबिधिक शिक्षालयका उपाध्यक्ष तथा भीमदत्त नगरपालिका कार्यवाहक नगर प्रमुख लेखकको बताउनु भयो ।

यो शुरुवात हो अब आफुले सिकेका र पढेका सिपलाई आफनो जिवनमा आफनो व्यवहारमा लागु गरेर दक्ष व्यक्ती उदाहरणीय व्यक्ती बन्नु पर्ने विद्यार्थीहरुलाई बताउनु भयो । आफनो जिवनमा ईमान्दर बनेर आफनो घरपरिवारको पनि नाम रहने गरी विभिन्न क्षेत्रमा रहेर देशको जनताहरुको सेवामा लाग्न आग्रह गर्नु भयो ।

प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी र डिप्लोमा ईन फार्मेसी तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको एक भव्य कार्यक्रमको आयोजना गर्दै उनिहरुको विदाई गरेको हो ।

प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षमा बहु प्राविधिक शिक्षालयका निर्देशक परमलसिंह साउद र प्राबिधिक शिक्षालयका उपाध्यक्ष तथा भीमदत्त नगरपालिका कार्यवाहक नगर प्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा अध्ययन गर्ने ४० जना र डिप्लोमा ईन फार्मेसीका ३० जना गरी ७० जना विद्यार्थीहरुको विदाई गरिएको थियो । कार्यक्रमको संचालकमा चुडामणी शर्मा रहनु भएको थियो ।

सम्बन्धित

Comments are closed.