महेन्द्रनगर । डडेल्धुरामा आशा र भरोशाका केन्द्र विन्दुको रुपमा रहेका समाजसेवी विनय प्रकाश मल्लले दिनदुखी, गरिव, दलित, एकल महिला, जेष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, धार्मीक कार्य, लगायतमा मात्रै नभएर आफनो कला रहनसहन स.स्कृतीको जेगर्ना गर्न पनि सहयोग गर्नु भएको छ ।
घाउमा जसरी औषधी र मलहमले राहत महसुस गराँउछ, त्यसरी नै समाजसेवी मल्लले दिनदुखी गरिब, विपन्नको क्षेत्रमा उनिहरुको दुखमा मलहम लगाएर उनिहरुलाई राहत महसुस गराई रहनु भएको तपाई हामीलाई अवगत नै छ । अहिले उहाँले मगर समुदायको परम्परागत लोक संस्कृती आफनो मौलिक पन बोकेको मारुनी नृत्य जेगर्ना गर्ने उदेश्यले आर्थिक सहयोग गर्नुभएको छ ।
अमरगढी नगरपालिका २ मा रहेको जनजाती एकता समाजलाई उनिहरुको मौलिक नाचमा आवस्यक पर्ने सामग्रीहरु खरिद गर्नका लागी नगद २७ हजार ७ सय २७ रुपैँया सहयोग गर्नु भएको छ ।
डडेल्धुराको समर्ग विकासको साथै आफनो पहिचान लोकसंस्कृती परम्पराको पनि आफुले जेगर्ना गर्नु पर्छ भनेर सानो भएपनि उहाँहरुलाई सहयोग गरेको समाजसेवी मल्लले बताउनु भयो ।
जनजाती एकता समाजका अध्यक्ष खडक थापा मगरले आफनो मौलिक तथा लोक नाच मारुनी पछिल्लो समय लोप भएको हुँदा यसको संरक्षणमा समाजसेवी विनयले चासो देखाएर सहयोग गरेको प्रती उहाँले समाजसेवी मल्ललाई धन्यवाद व्यक्त गर्नु भयो ।
आर्थिक अवस्था कमजोर रहेको हामीले आवस्यक सामग्रीहरु खरिद गर्न नसकेको बेलामा समाजसेवी मल्ललाई जानकारी गराउना साथ उहाँले देखाएको यो माया र सहयोग आफुहरुको लागि उच्च सममानित कार्य रहेको बताउनु भयो ।
अध्यक्ष मगरले समाजसेवी मल्लले डडेल्धुराको लागि गरेको योगदानको बारेमा संचारमाध्यमबाट थाहा पाएको र आफनो समस्या थाहा पाउना साथ समाजसेवी मल्ले गरेको सहयोग प्रती सदैव सम्मान रहेको बताउनु भयो ।
स्थानिय सरकारले नगरेको सहयोग उहाँले गरेपछि अहिले सबै खुसी भएको अध्यक्ष मगरले बताउनु भयो ।
Comments are closed.