छोरीको जन्मदिनको अवसरमा वृद्धवृद्धालाई भोजन तथा फलफुल वितरण

महेन्द्रनगर । आफनो छोरीको जन्मदिनको अवसरमा वृद्धवृद्धालाई भोजन तथा फलफुल वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका १० झलारी स्थानिय मुकेश शाहीले आफनो १ वर्षीया छोरी समृद्धी शाहीको जन्मदिनको अवसरमा श्री वैजनाथ धाम तथा वृद्धआश्रम सेवा समितिमा वृद्धआमा बुवाहरुलाई खिर तथा फलफुल खुवाएर जन्मदिन मनाएका छन् ।

आमा द्रोपती चन्द शाहीले सबैले आफनो जन्मदिन वृद्धआमाबुवाहरु संग मनाउन आग्रह गर्नु भयो । यो समयमा उहाँहरु एक्लै हुने र केही सानो सहयोग गरेर उहाँहरुको मुहारमा खुसी दिनका लागि पनि सबैले आएर आफनो शुभ दिनहरु वृद्ध आश्रममा मनाउन आग्रह गर्नु भयो ।

श्री वैजनाथ धाम तथा वृद्धआश्रम सेवा समितिमा वृद्धआमा बुवाहरुलाई खिर र फलफुल सहयोग गरेको बुवा मुकेश शाहीले बताउनु भयो ।उहाँले आफनो आफनो छोराको जन्मदिनमा पनि फलफुहरु सहयोग गरेको बताउनु भयो । यसरी नै सबैले आफनो शुभदिनहरु यी वृद्ध आमा बुवाहरु मनाईदिन आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.