कृष्णपुर नगरपालिकामा रहेका उपचाररत चित्तललाई शुक्लाफाँटा निकुञ्जमा छोडिने

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका चित्तललाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ।

उपचाररत अवस्थामा रहेका नगरपालिकाले २ वटा चित्तललाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको हो। गत वर्ष कृष्णपुर नगरपालिका वडा नं.७ गडयापट्टीमा घाईते अवस्थामा एक चित्तलको उद्धार गरीएको थियो ।

भने अर्काे चित्तलको पनि गाउँलेहरुले उद्धार गरेका थिए ।

पालिकाले घाईते चित्तलको उपचार गरेपछि अहिले उक्त घाईते चित्तलको अवस्था पनि राम्रो भएको र चित्तलहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राखिने पालिकाले जनाएको छ ।

सम्बन्धित

Comments are closed.