डिस्चार्ज गरेकालाई फेरी अस्पतालमा राखियो
डिस्चार्ज गरेकालाई फेरी अस्पतालमा राखियो
धनगढी, २३ जेठ
कोरोना पुष्टि भएर जेठ १० गतेदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेका ६ जनालाई शुक्रवार दिउँसो अस्पतालले डिस्चार्ज ग¥यो। तर डिस्चार्ज गरेको ५ घण्टामै उनीहरुलाई फेरि अस्पतालमा राखिएको छ। शुक्रवार दिउँसो २ बजे डिस्चार्ज भएका बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ बर्षीय बालिकालाई फेरि अस्पतालमा राखिएको हो। कोरोना निको नभए पनि नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो।तर डिस्चार्ज गरिसकेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा उनीहरु अलपत्र परेपछि बेलुका ७ बजे अस्पतालमा राखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले बताउनुभयो।