महाकालीमा पानीको बहाव घटेपछि बनबाशाको पुल सञ्चालनमा

महेन्द्रनगर । शारदा व्यारेजको पुल संचालनमा आएको छ । महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी सधान सञ्चालनमा आएका ्हुन् ।

सोमबार दिनभर ठूला सवारी साधनका लागि बन्द रहेको पुल साँझदेखि खुलेको हो ।

प्रहरीका अनुसार सोमबार साँझ ७ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव ८६ हजार ५४४ क्युसेक पुगेको छ ।

सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइने गरिन्छ ।

सम्बन्धित

Comments are closed.