महेन्द्रनगर । डडेल्धुरामा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सोमवार डडेल्धुरा अजयमेरु गा.पा.२ का अन्दाजी ४५ वर्षका गणेश भट्टको मृत्यु भएको हो ।
नम्बर प्लेट नरहेको रातो रंगको पल्सर मोटरसाईकलमा घरतर्फ जाँदै गरेको अवस्थामा पुइलेक कासिपुर सडक खण्डको घुम्तिमा अनियन्त्रित भई सडकबाट ५० मिटर तलखसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
गम्भिर घाईते भएका भट्टलाई उपचारका लागि अस्पताल जिल्ला डडेल्धुरामा ल्याएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी प्रहरी निरिक्षक धनि चन्द जानकारी दिनु भयो । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको छ।
Comments are closed.