पाँच जना कोरोना संक्रमित निको
धनगढी, २३ जेठ
कैलालीका पाँच जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। जानकी गाउँपालिकाका पाँच पुरुष टीकापुर अस्पतालबाट डिस्जार्च भएका हुन्। कोरोना संक्रमण नभएको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा रहेका उनीहरू शुक्रबार घर गएका हुन्। कोरोना जितेर घर फर्किनेमा जानकी गाउँपालिका ३ भगतपुरका ३८, वडा नम्बर ७ का १९ र २१ वर्षीय पुरुष रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुषले पनि कोरोना जितेर घर फर्किका छन्। जानकी गाउँपालिका –१ स्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका दुई जनामा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ गते र १५ गते अन्य दुई जनामा कोरोना पुष्टि भएको थियो। अब टीकापुर अस्पतालमा एक गर्भवती महिलासहित टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जना आइसोलेसनमा उपचाररत छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालका मेसु कँडेलले जानकारी दिए।
शुक्लाफाँटा खबर
6819 posts
Comments are closed.