पावर अफ युथले सावन २३ गते शुक्रवार वृहत सरसफाई कार्यक्रमको आयोजना गर्ने

महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ युथले सावन २३ गते शुक्रवार वृहत सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अन्य दिन शनिवार सरसफाई गर्दै आईरहेको युथले शनिवार जनैपूर्णिमा रक्षा बन्धन भएकाले शक्रवार अपरान्ह ४ बजेर ३० मिनेटमा बजार क्षेत्रको गल्ली नम्वर १ देखी ३ सम्म सरसफाई गरिने अध्यक्ष प्रकृती भट्टले जानकारी दिनु भयो।
समाजप्रति हाम्रो साझा उत्तरदायित्व र स्वच्छ वातावरण प्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै सरसफाइ कार्यक्रममा सबैको सक्रिय सहभागिता गरिदिन आग्रह गर्नु भयो ।

अब बदलिन्छ — हाम्रो महेन्द्रनगर मात्रै सरसफाइ होइन, यो हो परिवर्तनको अभियान “स्वच्छ महेन्द्रनगर, हरित महेन्द्रनगर” महेन्द्रनगर हाम्रो हो — हाम्रै प्रयासले सम्भव छ परिवर्तन अभियानको नारा दिएर पावर अफयुथले वृहत सरसफाई कार्य गरी रहेको छ ।
साथै व्यवस्थापन गर्न डस्टबिनको आवस्यक परेको भएर उनिहरुले ईच्छुक सहयोगी दातालाई आग्रह गरेका छन, जस्को लागि ९७४६२६४१९६ मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित

Comments are closed.