महेन्द्रनगर । बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझाको लडेर मृत्इु भएको जिल्ला प्रहरी कार्यालय वाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीका अनुसार ओझा मन्दिरबाट झन्डै एक घण्टा तल झर्ने क्रममा लडेका थिए। उनी झण्डै ७ सय मिटर तल खोँचमा खसेका थिए। प्रहरीले शव उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ।
विप्लव ओझा हाल काठमाडौंको गोकर्णेश्वर–५ मा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार उनी राति नै मन्दिरबाट फर्किएका थिए, र रातिको यात्रा गर्दा अँध्यारोका कारण भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
Comments are closed.