विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल जाने

महेन्द्रनगर । प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाने भएका छन्।

हमासले इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा अपहरण गरेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब दिन पद्मा जोशी (आमा) र पुष्पा जोशी (बहिनी) लाई इजरायलले आफ्नो देश लैजाने तयारी गरेको हो।

आगामी सोमबार आमा–बहिनीलाई इजरायल लैजाने तयारी गरेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ।इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पु¥याउने तयारीसमेत गरेको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशी दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए। हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो।

सम्बन्धित

Comments are closed.