निड्सद्वारा व्यवसाय / सेवा प्रवाह निरन्तरता योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले व्यवसाय ÷सेवा प्रवाह निरन्तरता योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा संचालित (स्कोप आर थ्री ) दोस्रो चरण परियोजना अन्तरगत भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालीका र बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधीहरु, व्यवसायीहरु, वित्तिय संस्था, आपूर्तीकर्ताहरुको सहभागिता रहेको थियो ।

निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा संचालित (स्कोप आर थ्री ) दोस्रो चरण परियोजनाका संयोजक ईश्वर उपाध्यायले विषेश गरेर आपुर्तीकर्ताहरु, वित्तिय संस्थाहरुले विपदको समयमा के कसरी आफनो सेवा सुविधाहरु दिन सक्छन भन्ने विषयमा रहेर छलफल गरीएको बताउनु भयो ।

विगतका दिनहरुको अभ्यास र अनुभवको आधारमा विपदको समयमा पूर्व तयारी के कसरी गर्न सकिन्छ ? विपद आए पश्चात पनि कसरी निरन्तरता सेवा सुविधा दिन सकिन्छ भन्ने वातावरण निर्माण गर्न पनि यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

साथै , आकसीमक अवस्थामा पनि सेवा वा उत्पादन प्रदान गर्न सक्ने क्षमताको निरन्तरता र आपतकालिन स्थितीमा पनि आवस्यक स्तरमा सेवा प्रवाह गर्ने प्रक्रिया के कस्तो रहेको र कसरी समन्वय गरेर अगाढी जान सकिन्छ भने र यो कार्यक्रम संचालन गरीएको बताउनु भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका उपप्रमुख शान्ती नाथले आजको यो विषय अति आवस्यक रहेको बताउनु भयो । विपदको बेलामा अति आवस्यक पर्ने चिजवस्तुहरुको हाहाकार भएको बेलामा अर्काे विकल्प राखेर काम गर्नु पर्ने बताउनु भयो ।

उहाँले विपदको क्षेत्रमा पालिकाले धेरै बजेट विनियोजन गर्न नसकेको बताउँनु भयो । विगतका दिनहरुलाई हेर्ने हो भने, आफनो पालिका पनि विपदबाट गुज्रिरहेको भएपनि विपद पूर्व तैयारीका लगि प्रयाप्त बजेट नहुनु दुखद रहेको बताउनु भयो ।

विभिन्न संघसंस्था निड्स नेपालले गरेको सहयोग, तालिमले अहिले स्थानियहरुलाई निकै सहज भएको र खोज तथा उद्धारका सामग्रीहरु पनि सहयोग गरेर विपदमा सहजता भएको बताउनु भयो । यसैगरी दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगादेवी जोशीले विपदबाट प्रभावित पालिकाको जनप्रतिनिधी हुँदा आजको यो कार्यक्रमले धेरै जानकारी प्रदान गरेको बताउनु भयो ।

विपदमा आवस्यक पर्ने संघसंस्थाहरु आपूर्तीकर्ताहरु, वित्तिय संस्थाहरुको अवस्था कस्तो हुनुपर्ने रहेछ यो कार्यशाला गोष्ठीले प्रष्ट पारेको बताउनु भयो ।

साथै निड्स संस्थाले विपदको क्षेत्रमा गरेको योगदानले अहिले कतिपय स्थानियहरुले आफनो ज्यान जोगाउन पाएको बताउनु भयो ।

उक्त गोष्ठीमा विपद वा आपतकालिन अवस्थामा सेवा र व्यापार निरन्तरता वा सुनिश्चित गर्नु, आर्थिक र सामाजिक प्रभाव न्युनतम पार्नु, कर्मचारी स्रोत र ग्राहकको संरक्षण गर्नु, कर्मचारीको विस्वास जगाउनु लगायत विषयमा छलफल भएको थियो ।

साथै, जोखिम मुल्याङकन र व्यवसायीक प्रभाव, पुनः स्थापना रणनितीहरु, योजनाहरुको कागजी दस्तावेजीकरण लगायतमा जानकारी प्रदान गरीएको थियो ।

सम्बन्धित

Comments are closed.