आरक्ष विस्तापितको मागका लागि मर्छु ः आरक्ष पीडित अध्यक्ष रोकाय

महेन्द्रनगर । आफनो ज्यान आरक्ष पिडितको लागि गएपनि कुनै दुख नहुने आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बताउनु भएको छ । विगत एक हप्तादेखी कञ्चनपुरको महेन्द्रनगरमा रहेको भेटघाट चौतारीमा आरक्ष पिडितहरु आमरण अनशनमा बसेका छन् ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएकाहरू पुनस्र्थापनाको माग गर्दै आमरण अनसनमा बसेका हुन् । सावन २२ गतेदेखी विस्थापित भएकाहरू ६१ वर्षका जयबहादुर रोकाया र ७१ वर्षका रणबहादुर सिंह ५ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष समेत रहेका रोकायाले विगत २३ वर्षदेखाी संघर्ष गर्दा आधा ज्यान गईसकेको अब बाँकी रहेको आधा ज्यान यही आन्दोलनमा गएपनि कुनै दुख नहुने बताउनु भयो । तर आफना मागहरु पुरा हुनुपर्ने उहाँको भनाई रहेको छ ।

आगामी ४ दिन भित्रै आफनो मागहरु सम्बोधन नभए महेन्द्रराजमार्गको विचमा खाट विच्छाएर आमरण अनसन गर्ने र सबै सवारी साधन बन्द गर्ने चेतावनी दिनु भएको छ । उनले विगतका आयोगले निर्धारण गरिएको २ हजार ४७३ परिवारलाई पुनस्र्थापना गरिनुपर्ने बताए।

रोकायाले दिवानसिंह विष्टको अध्यक्षतामा बनेको २१ औं आयोगले सिफारिस गरे अनुसार पुनस्र्थापना गरिनुपर्ने माग गरेका छन्। विष्ट आयोगले प्रतिपरिवार १० कट्ठा जग्गा दिनुपर्ने सिफारिस गरेको बताउनु भयो । त्यसका लागि जमिन समेत खोजी गरिएको उहाँले बताउनु भयो ।

गएको असारमा काठमाडौँको माइतीघरमा अनसन बसेका उनीहरू वनमन्त्री ऐनबहादुर शाहीबाट एक÷डेढ सातामै निर्णय हुने आश्वासन पाए पछि घर फर्केका थिए ।

२ महिनासम्म पनि कुनै निर्णय नभएपछि आमरण अनसनमा बस्नुपरेको बताए । यसैगरी, नेपाली कांग्रेसका सांसद एनपी साउदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै साउदले गृह जिल्ला कञ्चनपुरका आरक्ष पीडितहरूको समस्या समाधानका लागि गठन गरिएका आयोगहरूको सिफारिस तत्काल लागू गर्न माग गरे ।

सम्बन्धित

Comments are closed.