कञ्चनपुरमा बेवारिसे शव फेला

महेन्द्रनगर। कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ । महाकाली नदीमा बेवारिसे शव फेला परेको हो ।

मंगलबार दिउँसो महाकाली नदीकोबिच भागमा सडेको अवस्थामा उक्त शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहरका अनुसार, दोधारा चाँदनी नगरपालिका ४ स्थित इन्द्र सामुदायिक वन छेउकोबिच टापुमा शव फेला परेको छ ।

अस्थिपञ्जर मात्रै भेटिएको शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।

बोहरका अनुसार घटनास्थलमा अहिले चिकित्सको टोली मगाइएको छ ।

सम्बन्धित

Comments are closed.