भीमदत्तमा उत्थानशिल युवा संजालको सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा रहेको उत्थानशिल युवा संजालले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवश को अवसरमा भिम वाटिकामा सरसफाई कार्यक्रमहरु सम्पन्न गरेको हो ।

अन्तर्राष्ट्रिय युवा दिवशको उपलक्ष्यमा भिमवाटिका भित्र र बाहिर परिसरमा सरसफाई कार्यक्रम गरेको हो । भीमदत्त नगरपालिकाका नगर प्रहरी, फोहर व्यवस्थापन कर्मचारी, एनएनएसडब्लुएका प्रतिनिधी, उत्थानशिलका युवा करिव ५० जना को सहभागितामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको उत्थानशिल युवा संजालका संयोजक उत्तम सुनारले जानकारी दिनु भयो ।

भीमदत्त नगरपालिकाको मातहतमा रहेको यो संजालले पार्क भित्र बाहिर र पार्क नजिक रहेर व्यवसाय गरीरहेकाहरुलाई पनि फोहर नगर्न भन्दै जनचेतना पनि दिएको उहाँले बताउनु भयो । एनएनएसडब्लुएको सहजीकरणमा गठन भएको यो संजालले विगतदेखी नै विभिन्न जनचेतना मुलक कार्य गरीरहेको संस्थाका सामाजिक परिचालक अनिता लावडले बताउनु भयो ।

विपद, जलवायु परिवर्तन अनुकुलन, वातावरण संरक्षण, वृक्षारोपाण प्रकोप न्युनिकरणको क्षेत्रमा पनि यो संजालले काम गर्ने उहाँले जानकारी दिनु भयो ।

अहिले भीमदत्त नगरपालिकाका १९ वटा वडामा र दोधारा चादनीमा १० वटा वडामा यो संजाल गठन भएको छ ।

सम्बन्धित

Comments are closed.