महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा ओसियन एजुकेशन फाउन्डेशनले आफनो शाखा संचालनमा ल्याएको छ । भीमदत्त नगरपालिका ब्रह्मदेव रोड हिरो होण्डाको शो रुम रहेको भवनमा शाखा खुलेको हो । बिहिवार सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय प्रकाश रावलले उक्त ओसियन एजुकेशन फाउन्डेशनको उदघाटन गर्नु भएको छ । जापान, साउथ कोरिया, यूके, अष्ट्रेलिया जान चाहने विधार्थीहरुका लागि अब काठमाण्डौ जाने दुखको अन्त्य भएको फाउन्डेशनले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय प्रकाश रावलले विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरु र अन्य आफनो भविष्य बनाउन चाहनेका लागि सजिलो हुने बताउनु भयो । काठमाण्डौमा गएर भाडा दिएर पढाई गर्न खर्चिलो हुने अब यतै शाखा खुलेपछि विषेश गरेर विद्यार्थीहरुलाई पनि सजिलो हुने बताउनु भयो ।

यसैगरी फाउन्डेशनका सिईओ भक्तबहादुर धामीले आफु पनि कञ्चनपुरको स्थानिय भएको नाताले यहाँका विद्यार्थीहरुको सहजताको लागि सेवा मुखी रुपले यो ओसियन एजुकेशन फाउन्डेशन संचालनमा ल्याएको बताउनु भयो ।
यता बाट काठमाण्डौँ गएर अध्ययन गर्न निर्क पैसा सकिने खर्चिलो हुने भएपछि विद्यार्थीहरुको मागलाई मध्ये नजर गरेर महेन्द्रनगरमा शाखा खोलेको बताउनु भयो ।
विगत ७ वर्षदेखी काठमाण्डौको नयाँ बानेश्वरबाट सेवा दिईरहेको र अहिले सम्म सयौको संख्यामा विद्यार्थीहरुलाई विभिन्न देशमा स्वरोजगार बनाउन सफल भएको बताउनु भयो । बैदेशिक रोजगारी एव अध्ययनका लागि कञ्चनपुर सहित सुदूरपश्चिमबाट काठमाण्डौँमा जानुपर्ने बाध्यता हटेको छ ।
समाजसेवी गोपाल सिह धामीले ठुलो धनराशी खर्च गरेर काठमाण्डौँ लगायतका टाढा शहरमा गएर भाषा सिक्ने बाध्यता हटेको बताए ।
उनले घर आँगनमै बिदेशमा अध्ययन र रोजगारीका लागि ओसिएनले सहजता गर्ने बताए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष गणेश बहादुर चन्दले सीप र भाषा सिकेर बिदेशमा जाँदा दुख नहुने बताए । उद्घाटन कार्यक्रममा स्थानीय एव सरोकारवालाको सहभागिता रहेको थियो ।
Comments are closed.