महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले दुई दिने आधारभुत उद्यमशिलता विकास तथा वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । विहीवार र शुक्रवार दुईदिन कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिकाका २० जना उद्यमी महिलाहरु संग उक्त तालिम सम्पन्न भएको हो ।

दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको शसक्तिकरण परियोजना दोस्रो चरणको तालिममा सहभागि जनाउनु भएका महिलाहरुले केही न केही उद्यमशिलतामा आवद्ध रहेको संस्थाले जनाएको छ । परियोजना अधिकृत मनराज उपाध्यायले उद्यम गरी रहेका उद्यमशिल महिलाहरुलाई कसरी उद्यम गर्ने, चुनौती, समस्याहरुलार्य कसरी कम गर्न सकिन्छ भनेर जानकारी दिन र दिगो उद्यम कसरी गर्न सकिन्छ भनेर जानकारी दिनका लागि यो दुई दिने तालिमको आयोजना गरीएको बताउनु भयो ।

उद्यम किन, केका लागि, कसरी गर्ने ? भन्ने ज्ञान दिन र आफुले गर्दै आएका उद्यमलाई अझै प्रभावकारी बनाउन सक्षम बनाउन यो तालिममा दिईएको बताउनु भयो ।
अहिले महिलाहरुले दुना टपरी बनाउने, खसी बाख्रा पालन, कुखुरा पालन कपडा व्यवसायीहरु संचालन गरीरहेको र आफनो व्यवसायबाट कसरी नाफा लिन सकिन्छ, कसरी आफनो व्यवसायलाई कसरी सुरक्षित राख्न सकिन्छ, कसरी विस्तारित गर्ने, आम्दानी कसरी बढाउने भन्ने जानकारी पनि यो तालिमले दिएको बताउनु भयो ।
परियोजनाको पनि मुख्य उदेश्य नै महिलाहरुलाई उद्यमी बनाउने रहेको बताँउदै आफुले संचालन गरेको व्यवसायलाई सुरक्षित रुपमा विस्तार गर्ने व्यवसायलाई सुधार गरेर आम्दानी बढाएर लैजाने सिप यो तालिमले प्रदान गरेको बताउनु भयो ।
तालिममा सहभागी जनाउनु भएकी वेदकोट नगरपालिका ४ मा रहेको दिगो आम्दानी महिला शरक्तिकरणका अध्यक्ष पदमा सुनारले आफुले पनि तरकारी व्यवसायी र खाजा पसल संचालन गररिहेको भएपनि आफुलाई आम्दानी कसरी गर्ने भन्ने जानकारी यो तालिमबाट पाएको बताउनु भयो ।
साथै व्यवसाय संचालन गर्दा कसरी गर्ने ? कस्तो व्यवसाय संचालन गर्ने ? भन्ने लगायत अन्य ज्ञान मुलक जानकारी यो तालिमबाट पाएको बताउनु भयो । साथै उहाँले तालिम प्रदान गर्नु हुने संस्थालाई धन्यवाद पनि व्यक्त गर्नु भयो ।
Comments are closed.