सनराईज पब्लिक स्कुलले मनायो ज्ञानवद्र्धक कृष्ण जन्माष्टमी, कृष्ण लिलाको आयोजना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगर पालिका १८ मा रहेको सनराईज पब्लिक सेकेन्डरी स्कुलले कृष्ण जन्माष्टमीको पुर्व सन्ध्यामा भव्यताको साथमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

आफनो विद्यालयमा कृष्ण लिला, भजन, नृत्यको आयोजना गरेको हो । विद्यार्थीहरुले कृष्ण लिला, भजन किर्तन, नृत्यहरु प्र्रदर्शन गरेका थिए ।श्रीकृष्णको जीवनबाट कर्मयोग र कर्तव्यपरायणता, मित्रता र सम्बन्धको महत्त्व, समस्याको समाधान लगायतको जानकारी दिने नृत्य कृष्ण लिलाको मञ्चन गरीएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिपकराज चालिसेले विगतदेखी नै विद्यालयले भव्यताका साथमा कृष्ण जन्माष्टमी मनाउँदै आएको र यो वर्षमा पनि विद्यालयमा विद्यार्थीहरुले र शिक्षकहरुले विभिन्न कार्यक्रमको तयारी गरेको बताउनु भयो ।

पछिल्लो समय धार्मिक, नैतिक मुल्यमान्यता, आफनो सस्कृतीबाट टाढा भएको अवस्था रहेको र उनिहरु लाई आफनो मौलिकपन, धर्म संस्कृतीसंग जोडनका लागि पनि आज यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । टेलिभिजनमा हेरेको र सुनेको कृष्णलिला र उहाँको बारेमा आज आफैले चरित्र निभाउँदा खुसी लागेको विद्यार्थीहरुले बताएका छन् । आफुहरुलाई कृष्णको बारेमा धेरै ज्ञान र जानकारी पाइएको बताए ।

सम्बन्धित

Comments are closed.