नेपाल राष्ट्रिय समाज कल्याण संघको उत्कृष्ट कर्मचारीमा गम्भिर लाल उराव सम्मानित

महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघले आफनो २६औं बार्षिक साधारण सभा समारोहमा संस्थाको सर्वाेत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।कार्य सम्पादन, अनुशासनलगायतका आधारमा हरेक वर्ष झै यस वर्षमा पनि संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाई सममान गरेको हो ।

यस वर्ष एच आइभी क्षती न्युनिकरण परियोजनाका अनुगमन तथा मुल्याङकन अधिकृत गम्भिर लाल उरावलाई सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय मधु भारतीले नगदसहित प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।

उरावले संस्थामा २०६६ सालदेखी विभिन्न परियोजनामा रहेर काम गर्दै आईरहनु भएको छ । संस्थाले आफनो कामको उच्च मुल्याङकन गरेर गरेको यो सम्मानले थप जिम्मेवारी र हौसला मिलेको उरावले बताउनु भयो ।

साथै उहाँले आफनो कामको मुल्याङकन गरे गरेको सम्मान प्रती संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । अहिले संस्थामा १ सय ७ महिला ७३ पुरुष गरी १ सय ८० जना कर्मचारी कार्यरत रहेका छन् ।

सम्बन्धित

Comments are closed.