महेन्द्रनगर । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पावर आफ युथले आयोजना गरेको मट्का फोड प्रतियोगिताको उपाधी भीमदत्त नगरपालिका १५ को टिमले हात पारेको छ । भने, दोस्रो उपाधी २४ फिटनेसले हात पार्न सफल भएको छ ।

पहिलो हुने टिमलाई नगद १५ हजार प्रदान गरीएको छ भने, द्धितिय हुने टिमलाई नगद ७ हजार ५ सय रुपैँया प्रदान गरीएको पावर अफ युथका अध्यक्ष प्रकृती भट्टले जानकारी दिनु भयो ।मट्का फोड प्रतियोगिताको दर्ता शुल्क १५ सय रहेको थियो भने, प्रथम पुरस्कार राशि १५ हजार, टिम सदस्य संख्या १५ जना रहेको थियो भने, बिजेता पनि वडा नम्वर १५ भएको छ ।

महेन्द्रनगरको खुल्ला मञ्चमा आयोजना भएको उक्त प्रतियोगितामा देउडा, विभिन्न साँगितिक नृत्यको प्रस्तुती गरिएको थियो ।
पछिल्लो समय महेन्द्रनगर क्षेत्रमा सरसफाई अभियान संचालन गरी रहेको यो संस्थाले अहिले कला संस्कृति जेगर्ना तथा संरक्षण गर्न पनि तदारुकता देखाएको छ ।
युवाहरुले पनि आफनो कला संस्कृती र धार्मिक क्षेत्रमा पनि लगाव हुन जरुरी रहेको भएर आजको कार्यक्रमको आयोजना गरीएको अध्यक्ष भट्टले बताउनु भयो ।
पछिल्लो समय युवाहरु कुलतमा फस्दै गईरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले युवाहरुलाइ व्यस्त राख्ने र अनुशासनमा बस्न पनि सिकाउने उहाँले बताउनु भयो । भीमदत्त नगरपालिका १५ का वडा सदस्य हरी प्रशाद भट्टले यस्तो कार्यक्रमको आयोजना गरेको प्रती पावर अफ युथलाई धन्यवाद व्यक्त गर्नु भयो ।
मनोरञ्जन मात्रै नभएर आफनो धर्म रहनसहन कला संस्कृतीको जानकारी पनि हुने र यस्तो कार्यक्रमले युवा लगायत अन्यलाइ पनि आफनो कला संस्कृती प्रती जानकारी हुने र खेल प्रती लगाव हुने बताउनु भयो ।
आगामी दिनमा पनि यस्तै र अन्य कार्यक्रमको आयोजना हुनु पर्ने दर्शकहरुको माग रहेको छ ।
Comments are closed.