प्रजापिता ब्रह्माकुमारी ईश्वरिय विश्व विद्यालय मनाईयो कृष्णजन्माष्टमी

महेन्द्रनगर । प्रजापिता ब्रह्माकुमारी ईश्वरिय विश्व विद्यालय राजयोग प्रशिक्षण सेवा केन्द्रले कृष्णा जन्माष्टमी धुमधामका साथमा मनाएको छ । नियमित ज्ञान आर्जन गर्न आउने शिक्षा लिन आउनु हुने भाई बहिनीहरुलाई र बालबालिकाहरुलाई राधाकृष्ण, गोपि गोपिनी, लक्ष्मी नारायणको रुपमा सुसज्जित गरिएको थियो ।

प्रजापिता ब्रह्माकुमारी ईश्वरिय विश्व विद्यालय राजयोग प्रशिक्षण सेवा महेन्द्रनगर केन्द्र संचालिका ब्रह्मा कुमारी महिमा दिदिले श्रीकृष्णको जीवनबाट कर्मयोग र कर्तव्यपरायणता, मित्रता र सम्बन्धको महत्त्व, समस्याको सामना र रणनीति, तथा सन्तुलित जीवन र अहंकारको त्यागका साथै विपरित परिस्थितिमा पनि सकारात्मक बानीको बिकास गर्न सहयोग गर्ने वताउनु भयो ।

विश्व विद्यालय राजयोग प्रशिक्षण सेवा केन्द्रबाट नियमित रुपमा शिक्षा पाउनु हुने परिवारमा बसेर पनि हर किसिमको शुद्धता पवित्रता अपनाउने जोडीलाई सम्मान पनि गरिएको थियो ।

एकदिन व्रत बसेर मात्रै नहुने कृष्णको जिवनीलाई पनि आफनो दैनिक जिवनमा लागु गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.