पूर्व राष्ट्रपति भण्डारीको व्यक्ती विषेश हेरेर निर्णय गरीएको होईन ः महासचिव पोखरेल

महेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको सदस्यताको विषयमा व्यक्ती विषेश संग रहेर निर्णय नभएर लोकतान्त्रीक मुल्य पद्धतीको परिपक्षमा रहेर निर्णय गरेको बताउनु भयो ।लोकतान्त्रीक मुल्य पद्धतीलाई हेर्ने हो भने, उहाँ सम्मानित स्थानमा बस्न उचित हुनेछ भन्ने पार्टीको मान्यता रहेको भएर नै उक्त निर्णय गरीएको उहाँले बताउनु भयो । त्यसो भएर सदस्यताको विषय छलफलको विषय नै नबन्ने बताउनु भयो ।

पार्टीले उहाँलाई सम्मानित भुमिकामा रहनु पर्दछ भन्ने नितिगत मान्यता राखेको बताउँदै सदस्यताको विषय छलफलको विषय नबन्ने बताउनु भयो । पाटीले उहाँलाइ सम्मानित भुमिका रहनु पर्दछ भने पछि नितिगत मान्यता राख्दछ, सदस्यताको विषयलाई असान्दर्भीक मानेको बताउनु भयो ।

महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने धारणा व्यक्त गर्नुभएको थियो ।

साथै, उहाँले फरक प्रशनमा नेकपा एमालेलाइ मन नपराउने एउटा शक्ति नै पछाडी लागेको बताउनु भएको छ ।सोमवार प्रेस चौतारी नेपाल जिल्ला समिति कञ्चनपुर द्वारा आयोजित पत्रकार आफनो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली सच्चा देश भक्त भएको हुनाले नै उहाँलाई मन नपराउनेको जमात रहेको बताउनु भयो ।

साथै उहाँले नेकपा यो गठबन्धन आगामि निर्वाचन सम्मै जाने दावी गर्नु भयो । दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले सहितको गठबन्धनलाई देख्न नचाहाने तत्व अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको र नेकपा एमाले र नेपाली कांग्रेसबीच उच्चस्तरको सहमतिसहित गठबन्धन बनेकाले अस्थिरताका रोगीहरू छट्पटिएको बताउनु भयो ।

महासचिव पोखरेलले आगामी निर्वाचन सम्मै अहिलेको काँग्रेस एमालेको सरकार रहि रहने र यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्नसमेत आग्रह गर्नुभयो ।

दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेको बताउनु भयो ।

कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्ने कार्य ठिक नभएको त्यस्तो अनैतिक कुरा गरेर हुन्छ भनेर टिप्पणी समेत गर्नुभयो ।

महासचिव पोख्रेल सहितको उद्योग मन्त्री दामोदर भण्डारी, माननीय तारालामा तामाङको र पार्टीका अन्य नेता कार्यकर्ता सहितको टोली निर्माणाधीन अवस्थामा रहेको सुख्खा बन्धरगाहा क्षेत्र दोधारा चाँदनी पुगेर सो क्षेत्रको अवलोकन समेत गरेका छन् ।

सम्बन्धित

Comments are closed.