विपिनको शीघ्र रिहाइको पहलमा कुनै कसर बाँकी राखेका छैनौँ : परराष्ट्रमन्त्री

महेन्द्रनगर । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेर काम गरिरहेको बताएकी छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् । परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल भ्रमणमा रहेको उल्लेख गर्दै इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल पनि गरिएको उनले बताइन् ।

आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि विपिनको मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरिएको समेत बताइन् ।

सम्बन्धित

Comments are closed.