मिटरब्याज विरुद्ध किसान मजदुरकोे काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा

महेन्द्रनगर । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालले काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । मंगलवार मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, जिल्ला कार्य समिति,कञ्चनपुरले पुर्ण वैठकको आयोजना गर्दै भाद्र १८ गते काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेका हुन् ।

हालसम्मका विभिन्न चरणमा भएका आन्दोलन मार्फत प्राप्त उपलब्धीहरुलाई राज्यले खोस्दै साहुमहाजन पोस्न अग्रसर भएको देखिए पछि आफुहरु अब काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने सचिवालय सदस्य एवम पश्चिम कमाण्ड केन्द्रिय प्रतिनिधी दामोदर ढकालले बताउनु भयो ।

उहाँले जुन औचित्यले आयोग निर्माण भएको थियो त्यसको कुनै उपयोगिता नभएको स्पष्ट भएको र आयोगले तयार पारेको प्रतिवेदन सरकारले लुकाएर राखेको दावी गर्नु भयो ।

अर्कोतिर अथक संघर्षबाट प्राप्त कानुनलाई समेत कार्यान्वयन नहुँदा पुनः एकपटक हामीले काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रनुको विकल्प नरहेको संगठनको निष्कर्ष रहेको जानकारी गराउनु भयो ।

तसर्थ,  संगठनात्मक तयारीलाई पूर्णतादिई काठमाडौं केन्द्रीत आन्दोलनको तयारीमा जुट्न निर्देशन समेत दिनु भयो । मिटरव्याज विरुद्धको आन्दोलनलाई निष्क्रिय पार्ने राज्यका निकायहरुको गतिविधिले गर्दा पीडितहरु झनै मर्कामा पर्नुपरेको स्थिति उजागर भएको उहाँले उल्लेख गर्नु भयो ।

तसर्थ, आन्दोलनलाई प्रभावकारी र संगठित गर्दै आन्दोलनको सामथ्र्यको आधारमा न्यायीक संघर्षलाई विजयपथमा लैजान सचिवालय बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गरि महत्वपूर्ण निर्णय गरेको पनि बताउनु भयो । अहिले कञ्चनपुरमा ५७ जना दर्ता भएको र राज्यले सबै पिडित होईन भनेर २८ जना राखेको त्यसमध्ये पनि ९ जनाको निवेदन प्रहरीमा बाँकीको प्रशासनमा रहेको उहाँले बताउनु भयो ।

यसैगरी उक्त पूर्ण वैठकले नयाँ कार्य समितिकोगठन गरेको छ जस्मा जिल्ला ईन्चार्जमा प्रकाश दमाई, अध्यक्ष शान्ती पार्की, उपाध्यक्ष नारायण राना, सचिव भगवान शरण बोट, काषाध्यक्ष राजमान चौधरी, सल्लाहाकारमा पुस्कर भट्ट र मनिषा राना रहेका छन् ।

सम्पुर्ण किसान मजदुर एक होऔं !वित्तीय शोषण र उत्पीडन विरुद्ध संघर्ष गरौं !! भन्ने मुल नारा रहेको छ ।

सम्बन्धित

Comments are closed.