नेपाल बाल संगठनको जिल्ला समिति गठन, अध्यक्षमा भट्ट

महेन्द्रनगर । नेपाल बाल संगठन, अर्थात् “बालमन्दिर”, कंचनपुरको जिल्ला सभा तथा अधिवेशन महेन्द्रनगरमा सम्पन्न भएको छ । कंचनपुरको महेन्द्रनगरमा आज सम्पन्न जिल्ला अधिवेशनले दिर्घराज भट्टको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चयन गरेको छ ।

सर्वसम्मत हुनुभएका सम्पुर्ण कार्यसमिति सदस्यहरुमा महेश दत्त भट्ट, तर्कराज भट्ट, पार्वती अवस्थी, गोपिलाल कंडेल, राम बहादुर कुवँर र धर्मसिह भाट रहेका छन ।बाल संगठन कंचनपुरका तदर्थ समितिका अध्यक्ष दिर्घराज भट्टको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष बिद्या बिद्या उपाध्याय न्यौपानेले गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना दिदै कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालका अनाथ बालबालिकाको संरक्षणका लागि यो संस्थाले खेलेको भूमिका अविस्मरणीय भएपनि हाल आएर काम भन्दा पनि कुरा वढि हुने प्रवृत्तिका कारण ओझेलमा पर्दै गएको बताउनुभयो ।

नयाँ आउने कार्यसमितिले संस्थाको विगतको बिबादास्पद छबिको अन्त्य गर्दै अनाथ बालबालिकाको अबिभावकत्व ग्रहण गर्न सक्ने खालको होस भन्ने शुभकामना दिनु भएको थियो। साथै वहाले संस्थाको अतिक्रमित सम्पति फिर्ता ल्याउन पहल गर्ने समेत वताउनु भएको छ ।
नेपाल बाल संगठनको बारेमा प्रकास पार्दै संस्थाका केन्द्रीय सदस्य चुडामणि भट्टले राष्ट्रिय निर्देशन ऐन–२०१८ अन्तर्गत बि।सं। २०२१ बि।सं।मा स्थापना भएको यस संस्थाको उद्देश्य असहाय बालबालिकाको संरक्षण, अधिकार प्रवर्द्धन र आश्रय तथा शिक्षा प्रदान गर्नु रहेको बताउनु भयो ।

नेपाल बाल संगठनका अध्यक्ष बिद्या उपाध्याय न्यौपानेले नेपाल बाल संगठन सबै अनाथ बालबालिकाको व्यवस्थापन गर्न नसके पनि धेरै जसो अनाथ बालबालिकाको संरक्षण गरिरहेको बताउनु भएको छ । सरकारले थप व्यवस्थित गर्न आवश्यक रहेको बताउदै अध्यक्ष न्यौपानेले भन्नु भयो यसको औचित्य छैन भने सरकारले यसको खारेजी गरोस होइन भने यसको अविभावकत्व सरकारले ग्रहण गर्नु पर्दछू ।

कार्यक्रमको संचालन बाल संगठनका सदस्य गणेश ऐरीले गर्नुभएको थियो । नेपाल बाल संगठन बालमन्दिर ले १९६४ इस्वी सम्बत मा स्थापना भइसकेपछि, देशभर सेवा विस्तार गर्दै आएको छ र हालसम्म १० वटा बालगृहहरू, ७७ जिल्ला कार्यसमिति, र ४४४ जना बालबालिका संरक्षणमा राखेको छ।

सम्बन्धित

Comments are closed.