महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले मूक्ती आधारभूत विद्यालय बेदकोट –५ धरमपुर को २ कोठे भवन शिलान्यास गर्नुभएको छ ।उक्त कार्यक्रमको सभाध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विक, प्रमुख अतिथीमा आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापा, विशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी, नगर प्रवक्ता चित्रदेव भट्ट रहनु भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार द्वारा विनीयोजीत बजेटमा २ कोठे भवन निर्माण कार्य भईरहको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले यो क्षेत्रको समर्ग विकासका लागि आफुले विगतदेखी नै लागि परेको बताउनु भयो ।
आफु मन्त्री हुँदा होस वा नहुँदा होस विगतदेखी नै यस क्षेत्रका जनताहरुको पिरमर्का समस्याको निवारण गर्न उनिहरुको विकास निर्माणको मागलाई सम्बोधन गर्न अथक प्रयाश गरेर बजेट विनियोजन गरेको बताउनु भयो ।
पुल, सडक, खानेपानी, स्वास्थ्यलगायतमा पनि करोडौ बजेट हालेको र अहिलेपनि करोडौका योजनाहरु यो क्षेत्रमा पार्न सफल भएको बताउँदै यो विद्यालयको लागि पनि आफैले बजेट हाल्न लगाएर गरिव विपन्न दलितका वालवालिकाहरुलाई अध्ययन गर्न सहजता बनाएको बताउनु भयो ।
अहिले आफु जुन अवस्थामा रहेको छु यो सबै स्थानिय जनताहरुले दिएको माया र सदभाव रहेको बताउनु भयो । उहाँहरुको पिडादुखमा मलहम लगाउनका लागि आफुले दिनरात खटेको बताउनु भयो ।
यसैगरी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले यो क्षेत्र समर्ग वेदकोटको विकास स्वास्थ्य शिक्षालगायत अन्य अतिआवस्यक विषयमा आफुहरु दिनरात खटेर जनताहरुको माग पुरा गर्न तर्फ लागेको बताउनु भयो ।
साथै उहाँले यो क्षेत्रको समर्ग विकासमा बजेट विनियोजन गरेको प्रती मन्त्री थापालाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । नगर प्रवक्ता एवम वार्ड नं ५ का अध्यक्ष चित्रदेव भट्टले यो विद्यालयमा अझै पनि भौतिक संरचनाको अभाव पर्खाल खेलकुद मैदान आवस्यक रहेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विकले आफनो विद्यालयमा बजेट विनियोजन गरेर २ कोठे भवनाको शिलन्यास गर्न आएकोमा मन्त्री थापालाइृ हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
उक्त विद्यालयमा दलित विपन्न परिवारका छोराछोरीहरुले आफनो अध्धयन गरीरहेका छन् ।
Comments are closed.