महेन्द्रनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) हिसान, एफएन कञ्चनपुरले शुक्रवार शान्तीपुर्ण आन्दोलन गरेका छन् । आआफना विद्यालयमा रहेका सवारी साधनहरुलाई सडकमा ल्याएर विरोध स्वरुप आन्दोलन गरेका हुन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनिहरुले आन्दोलन गरेका हुन । भाँसीबाट सुरु भएको उक्त सवारी साधनहरु जिल्ला प्रशासन, बजार परिक्रमा गरेका थिए ।

एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग राखेर आफुहरु आन्दोलित भएको बताउनु भयो ।

देशैभरमा रहेका करिब १३ हजार संस्थागत विद्यालयहरु अहिले एकैदिन यसरी नै शान्तीपूर्ण आन्दोलन गरेको बताउनु भयो ।
यसैगरी प्याब्सन कञ्चनपुर अध्यक्ष महादेव भट्टले निजी विद्यालयलाई अहित हुने केही बुँदाहरु पाारित भएको छ त्यसैको विरोधमा आफुहरु सडकमा आउनु पर्ने बाध्यता रहेको बताउनु भयो । सरकारले आफनो मागहरु पुरा नगरे विद्यायहरु पूर्णरुपमा बन्द गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यस्ता छन् निजी विद्यालयहरूका माग
१ ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने ।
२ विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना ९खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३ कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने ।
४ छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५ छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ क, नियमावली, २०६० को नियम १० क, मा ४५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक
विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने ।
Comments are closed.