क्यानडा पठाइदिने भन्दै १७ लाख ठगी गर्ने डडेल्धुराका युवक पक्राउ

महेन्द्रनगर । वैदेशिक रोजगारीका निम्ति क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २४ वर्षीय सुरेश नाथ छन् ।

क्यानडा पठाइदिने भन्दै दुईजनाबाट १७ लाख एक हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उनीमाथि आरोप छ । सोमबार (भदौ ९) उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी नयाँ बानेश्वरमा बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान र आवश्यक कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

सम्बन्धित

Comments are closed.