महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यवाहक नगर प्रमुख निलम लेखक सम्मानित हुनु भएको छ । उहाँलाई भीमदत्त नगरपालिका ७ र ८ का महिलाहरुले बाजागाजसहित सममान गरेका हुन् । हरीतालिका तिजको अवसरमा महिलाहरुको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उहाँलाई सममान गरेको हो ।
व्रह्मदेब आमा समूह हल्दुखाल तिलाचौरले आयोजना गरेको तिज बिषेश कार्यक्रममा कार्य बाहक नगर प्रमुख निलम लेखकको प्रमुख अतिथिमा संचालित उक्त कार्यक्रममा कार्यबाहक नगर प्रमुख लाई जनमैत्री जन प्रतीनिधि र महिलाहरुका लागि पालिकाबाट विभिन्न कार्यक्रमहरु संचालन गरेको भन्दै उहाँलाई महिलाहले बाजगाजा सहित सम्मान गरेका हन ।
जनताको मनोभावना बुझ्ने जनप्रतिनिधि बिपन्न गरिब को सहारा भनेर कामको उच्च मुल्यांकन गरि बाजागाजा सहित स्वागत र सम्मान गरेको छ ।
कार्यबाहक नगर प्रमुख लेखकले जनप्रतिनिधी नहुदै महिलाको क्षेत्रमा हक अधिकारका लागि लडेको र जनप्रतिनिधी भएर आएपछि अझै बढी महिलाका लागि बजेट विनियोजनका कुरा, महिलाहरूलाई आत्म निर्भर बनाउन र नेतृत्व विकास गराउन, सिप मुलक आय आर्जनका विषयमा पनि सक्रिय भएर काम गरेको स्थानियले बताए ।
आगामी दिनमा पनि महिलाहरुका लागिे विभिन्न नेतृत्व बिकास सम्बन्धी तालिम दिन, सिप मुलक आयआर्जन गर्ने तालिम दिन सथानिय महिलाहरुले माग गरे ।
कार्यक्रमलाई समबोधन गर्दै कार्यबाहक नगर प्रमुख लेखकले माग भएर आएका तालिमहरु अन्य विषयमा आफुले बजेट विनियोजन गरी महिलाहरुको समग्र विकासमा लाग्ने बताउनु भयो ।
साथै उहाँले आफैले नेतृत्व बिकास सम्बन्धी कलास दिएर महिलाहरू को क्षमता बिकास र नेतृत्व कसरी गर्ने भन्ने बिषयमा अब्बल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
Comments are closed.