डडेल्धुराको चमडामा अजयमेरु खेलकुद तथा सांस्कृतिक महोत्सव हुने
महेन्द्रनगर । डडेल्धुराको अजयमेरु गाउँपालिका–२, चमडामा भदौ १८ देखि २१ गतेसम्म अजयमेरु खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ ।
बुधवार अजयमेरु गाँउपालिकाको कार्यालय भद्रपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गाउँपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अजयमेरु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शिवराज भट्टले बताउनुभयो ।
महोत्सवमा विभिन्न स्टलहरु रहनेछन् भने महोत्सवमा कृषि प्रदर्शनी, पशु स्वास्थ्य शिविर, स्थानीय कला–संस्कृति प्रदर्शन, व्यापार मेला लगायतका कार्यक्रम समावेश हुनेछन्।
महोत्विको प्रमुख आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको प्रथम पुरस्कार रु ७०,७७७, द्वितीय रु ३०,३३३ र तृतीय रु १५,५५५ रुपैयाँको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ। भलिवल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु ३५०० राखिएको छ।
Comments are closed.