तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ को उपाधी भारतको पोल्टामा

महेन्द्रनगर । कञ्चनपुरमा आयोजना भएको तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ को उपाधी भारतले आफनो पोल्टामा हाल्न सफल भएको छ । जापान करातो डो कोशिकाई सितोरिया संघ नेपालले आयोजना गरेको प्रतियोगिता मंगलवार देखी सुरु भएको थियो ।

उक्त प्रतियोगितामा ४१ स्वर्ण पदक जितेपछि भारत प्रथम भएको छ भने ४० स्वर्ण पदक पाएर नेपालले दोस्रो स्थान ल्याएको छ । मंगलवारदेखी सुरु भएको प्रतियोगिता विहिवार सम्पन्न भएको छ ।

दुई देशका करिव २ सय बढी खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको सभाध्यक्षमा जिल्ला कराँते संघ अध्यक्ष दिपेन्द्र विष्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो ।

खेलाडीहरुले विभीन्न विधामा आफनो खेलको प्रदर्शन गरेका थिए । खेलाडीहरुले काता, कराँते, किक बक्सिङ्गका खेल मार्फत प्रदर्शन गरेका थिए । यती धेरै पुरुस्कारमा ट्रफी भएको जिल्लामा यो पहिलो पटक प्रतियोगिताको आयोजना भएको सहभागीहरुले बताएका थिए ।

यो भन्दा पहिला यती धेरै पुरुस्कार, ट्रफी भएको खेल नै आयोजना नभएको उहाँहरुले बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ल समन्वय प्रमुख बोहाराले यो खेलले दुई देश विचको भाइचारा, मित्रता, सम्बन्धलाई अझै बलियो बनाउने बताउनु भयो ।

साथै खेलाडीहरुले एक अर्काको सिप ज्ञान खेल खेल्ने कला सिक्ने थलोको रुपमा पनि यस प्रतियोगिता लाई लिन सकिने बताउनु भयो ।

साथै उहाँले खेलाडीहरुलाई आफनो स्वास्थ्य आफनो देशको लागि खेल खेलेर देश विदेशमा नाम राख्ने गरी अनुशासित भएर खेल खेल्न आग्रह समेत गर्नु भयो ।

विगतमा पनि जापान करातो डो कोशिकाई सितोरिया संघ नेपालले भारतमा नेपालको नाम राख्न महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेको र यसले तपाईंलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छ ।

शारीरिक तथा मानसिक विकासका लागि पनि यो खेल महत्वपूर्ण रहेको बताउनु भयो । यो प्रतियोगिता हो यस्मा प्रतिष्पर्धा हुन्छ, खेलमा हारजित पनि हुने भएकाले हार्ने टिमले हत्तोत्साहति नहुने र जित्ने टिमले पनि धेरै घमण्ड नगरेर अरु खेल जित्ने गरी फेरी खेल खेल्न आग्रह गर्नुभयो ।

खेल खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन राम्रो हुनाले बौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहने र बढ्दो उमेरका बालबालिकाको शारीरिक विकास राम्रो हुने बताउनु भयो । साथै, सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि खेलकुदले मद्धत पुग्ने बताउनु भयो ।

उहाँले भारतबाट आउनु हुने खेलाडीहरु, कोचहरुलाई स्वगत पनि गर्नु भयो । सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले यो प्रतियोगिता सौहाद्रपूर्ण वातावरणमा कुनै पनि विवाद नभई सम्पन्न भएको बताउनु भयो ।

साथै, आज पहिलो साउथ एसियन कराँते च्याम्पियनसिप २०२६ को व्यानरको उदघाटन पनि गरीएको छ । निकट भविष्यमा नेपालमा आफुले पहिलो साउथ एसियन कराँते च्याम्पियनसिप २०२६ को आयोजना गर्ने बताउनु भयो ।

आफनै व्यक्तिगत लगानीमा यो प्रतियोगिताको आयोजना गरेको र सरकारले खेलकुदको क्षेत्रमा कुनैपनि सहयोग नगरेको बतानु भयो ।

सौ उहाँले नेपालले बेस्ट अनुसासित टिममा सम्मान पाएको बताउनु भयो । यसैगरी खेलकुदलाई सफल बनाउनु हुने १२ जनालाई पनि सम्मान गरीएको थियो ।

 

सम्बन्धित

Comments are closed.