कैलालीको खुटिया नदीमा डुबेर चार किशोरको मृत्यु

महेन्द्रनगर । कैलालीको खुटिया नदीमा डुबेर चार किशोरको ज्यान गएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा साथीसँग नुहाउन गएका धनगढीका सात जनामध्ये चार जना किशोर दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएका थिए ।

पछि खोजीकार्यमा खटिएको प्रहरी टोलीले उनीहरूकै शव नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन् । अन्य तीन जना भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.