माईती नेपाल कञ्चनपुरद्वारा एक वर्षमा २ सय ९४ जनाको उद्धार

महेन्द्रनगर । माईती नेपाल कञ्चनपुरले मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम र सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १ वर्षको अवधीमा कञ्चनपुरका विभिन्न सिमानाका र भारतबाट २ सय ९४ जनालाई क्षेत्रबाट उद्धार गरेको छ ।

कञ्चनपुरको गड्डाचौकी सिमानाकामा १ सय २७ जना, चार लेन पुलबाट ४८ जना, झोलुङ्गे पुलबाट ३८ जनालाई उद्धार गरेको हो । जसमध्ये १ सय २९ जना बालबालिका र १ सय ५७ जना महिलाहरु रहेका छन् । यसैगरी, भारतबाट ८ जनाको उद्धार गरीएको छ ।भारतको हरियाणा, पुना, विहार, र चमौलीबाट १÷१ जना मुम्बइ र पिथौरागढ बाट २÷२ जना गरी ८ जनाको उद्धा गरीएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनु भयो । २७ जिल्लाका मानव बेचबिखनको उच्च जोखिममा रहेका २८६ जना महिला तथा बालबालिकाहरुमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका २४८ जना रहेका छन् ।

 

कञ्चनपुर जिल्लाका १३६ जना, कैलाली जिल्लाका ५१ जना, बैतडी जिल्लाका १६ जना, रहेका छन् । यसैगरी, बझाङ जिल्लाका ११ जना, बाजुरा जिल्लाका १० जना, अछाम जिल्लाका ८ जना,डोटी जिल्लाका ८ जना, डडेल्धुरा जिल्लाका ४ जना, र दार्चुला जिल्लाका ४ जना रहेका छन् ।

 

यसैगरी एक वर्षमा सिमानाकामा १२ हजार ८ सय ३२ वटा सवारी साधन चेकजांच गरिएको छ । यसैगरी, सिमानामा मानव बेचबिखन तथा सुरक्षित बसाईसराई बारे परामर्श ४६ हजार ५६ जनाले लिएका छन् । यस्तै, २ सय ९० जनाको पारिवारिक पुनर्मिलन– पनि गरिएको छ, सिमानाका बाट परामर्श प्रदान गरी सोझै घर फकाईएका ३५ जना, खोजतलासका लागि १ सय ८० वटा निवेदन दर्ता भएका छन् ।

जसमध्ये ७३ जना फेला परेका छन् । यसैगरी घरेलु हिंसामा २२ वटा निवेदनदर्ता भएका छन भने, १८ वटा समाधान गरिएका छन् ।मानव बेचबिखन बिरुद्ध १ वटा मुद्धा दर्ता भएको छ । उनीहरुलाई आकर्षक रोजगारीदेखि विभिन्न प्रलोभनमा पारेर भारत लगेर बेच्न खोजिएपछि पीडित परिवारको निवेदनका आधारमा खोजतलासी गरेर उद्दार गरिएको छ ।

भारतबाट उद्दार गरिएकाहरुलाई केहीलाई पुर्नस्थापना गृह र घरपरिवारको जिम्मा लगाईएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधको शिकार हुन नदिनका लागि माइति नेपालले समुदायस्तरमा विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु जस्तै घरदैलो तथा पर्चा पम्पलेट वितरण, किशोरीहरुलाई मानव बेचबिखन विरुद्ध कानुनी अनुशिक्षण, सडक नाटकहरु गर्दै आएको छ ।

यसका साथसाथै ओसारपसारमा अनिवार्य रुपमा यातायातको साधन प्रयोग हुने हुदां यातायात कर्मीहरुलाई पनि सचेत पार्न यातायातकर्मीहरुसंगको अन्तरक्रियालाई पनि पछिल्लो समयदेखि माइति नेपालले विशेष रुपमाजोड दिदै आएको छ ।

वेचविखनमा पर्ने कारणमा गरिबी, धेरै महत्त्वाकांक्षी बन्नु, झुटो मायाजाल÷विवाह, साथी भाइ र परिवारको दवाब, घरेलु हिंसा, मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोग रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले मानव वेचविखनलाई कम गर्न विभिन्न सचेतना मुलक कार्यक्रम माईती नेपालले गरेको भन्दै प्रसंसा गर्नु भयो । विगत ४ दशक देखी यो क्षेत्रमा काम गर्दै आएको माईती नेपालको कार्य अत्यन्त प्रशंसनिय कार्य रहेको बताउनु भयो ।

भारतमा गएर उद्धार गरेर ल्याउने कार्य आफैमा जोखिमपूर्ण रहेको यस्तो जोखिममा पनि समुदायका लागि कार्य गर्नु कसैकोजिवन जोगाउनु कार्य महान रहेको बताउनु भयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले यो कार्यमा आफनो टिमले सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सम्बन्धित

Comments are closed.