सनराइज पब्लिक स्कुलका विद्यार्थी एक कार्यक्रममा भाग लिन विश्वमा चर्चित सिएसएम लखनउ पुगे

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त १८ मा रहेको सनराइज पब्लिक सेकेन्ड्री स्कुलका विद्यार्थीहरु लखनउमा आयोजना भएको एक भव्य कार्यक्रममा भाग लिन प्रस्थान गरेका छन् ।

भारतको लखनउमा रहेको सिएमएस विद्यालयमा विश्वका धेरै देशबाट उक्त विद्यालयमा आयोजना हुने रिफलेक्सन ईन्टरनेशनल कार्यक्रममा भाग लिन पुगेका छन् ।

विगत २०६२ सालेदेखी निरन्तर सिएमएसका विभिन्न कार्यक्रममा भाग लिन  सनराइज पब्लिक सेकेन्ड्री स्कुलका विद्यार्थीहरु उक्त कार्यक्रममा भाग लिईरहेका छन ।

यो वर्षमा पनि विद्यालयबाट शिक्षक र विद्यार्थी गरी १० जना उक्त कार्यक्रममा भाग लिन लखनउ पुगेका छन् ।

अन्तराष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरुको आयोजना हुने र एक देशका विद्यार्थीहरुले अर्काे देशको विद्यार्थीहरुको विभिन्न मौलिक कला संस्कृतीहरुको सिकाई हुने नयाँ विषयवस्तुको ज्ञान हुने,भएकाले विद्यार्थीहरुलाई पठाएको विद्यालयकी प्रशासन प्रमुख गंगा चालिसे बताउनु भयो ।

हरेक वर्ष हामी विद्यार्थीहरुलाई सिएमएस लखनउमा पठाउछौ उनिहरुले त्यहा गएर धेरै ज्ञान हासिल गर्छन र यता आएर अन्य विद्यार्थीहरुलाई पनि जानकारी दिन्छन, यसले सिकाई पनि प्रभावकारी बन्ने उहाँले बताउनु भयो ।

विद्यार्थीहरुले आआफ्नो देशका राष्ट्रिय तथा मौलिक परम्परा, संस्कृति झल्काउने नृत्यहरु पनि प्रस्तुत गर्ने उहाँले बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.