महेन्द्रनगर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर २, २०२५ मा अद्यावधिक गरेको पुरुष टी–२० आइ अलराउन्डर वरीयतामा नेपालका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका छन्।
भारतका अलराउन्डर हार्दिक पान्ड्या २५२ रेटिङका साथ शीर्ष स्थानमा कायमै छन्।नयाँ वरीयताअनुसार अफगानिस्तानका मोहम्मद नाबी २३१ रेटिङसहित एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन्।दीपेन्द्रसिंह ऐरी २०९ रेटिङका साथ तेस्रो स्थानमा रहेका छन्।
उनको करियर बेस्ट रेटिङ २४४ रहेको थियो।चौथो स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज र इंग्ल्यान्डका लियाम लिभिङस्टोन संयुक्त रूपमा रहेका छन्।
श्रीलंकाका वानिन्दु हसरंगा छैटौँ स्थानमा र जिम्बाब्वेका सिकन्दर राजा सातौँ स्थानमा छन्।
Comments are closed.