साथी संस्थाको सरोकारवाला निकाय संग समन्वयात्मक वैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको साथी संस्थाले सरोकारवाला निकाय संग समन्वयात्मक वैठक सम्पन्न गरेको छ । जिल्लामा रहेका भीमदत्त नगरपालिका, महाकाली प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, विभिन्न गैर सरकारी संस्थाहरु, होटल व्यवसायी संघ, नेपाल पत्रकार महासंघ, बैँकलगायतका प्रतिनिधीहरुको उक्त कार्यक्रममा उपश्थिती रहेको थियो ।

संस्थाले संचालन गरी रहेको सेफ हाउसमा के कस्ता केसहरु आएका छन् ? सेफ हाउस संचालन गर्दा के कस्ता चुनौतीहरु रहेका छन ? भन्ने विषयमा सरोकारवाला निकायहरु संग रहेर छलफल गरिएको थियो ।

साथी संस्थाका कार्यक्रम म्यानेजर पलिता थापाले स.स्थाले संचालन गरेका विभिन्न कार्यक्रमहरु के अवस्था सुधार गर्नुपर्ने विषयहरु र आगाम दिनमा कसरी कार्यक्रमहरु सेफ हाउस संचालन गर्न समन्वय गरेर कसरी अगाढी जान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताउनु भयो ।

अहिले सम्म कार्यक्रममा युएनएफपिएले आर्थिक सहयोग गरेको भएपनि परियोजनाको समयावधी केही रहेपनि यसलाई निरन्तर संचालनका लागि विभिन्न पालिकाहरुसंग समन्वय र सहकार्य भईरहेको बताउनु भयो ।

हिँशा प्रभावित महिला तथा बालीकाहरुको सेवा सुविधाहरुका लागि आर्थिकको अभावले समस्या भउको बताउनु भयो । अहिले कतिपय पालिकाहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेपनि उक्त सहयोग रकम प्राप्त नभएको बताउनु भयो ।

साथै अहिले मुख्य चुनौती भनेको नै दिर्गकालिन पुर्नस्थापना र बलात्कृत बालिकाले जन्म दिएका बालबालिकाहरुको व्यवस्थापनमा पनि समस्या रहेको जानकारी दिनु भयो । साथै कसैले ती बालबालिकालाई धर्म पुत्र वा पुत्री राख्न पनि कानुनी जटिलताले झन समस्या निम्ताएको बताउनु भयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले आफनो दायित्व पालिकाले गर्ने साथ र सहयोगका लागि सदैव तत्पर रहेको बताउनु भयो ।

साथी संस्थाले गरेको कार्य अत्यन्तै उत्कृष्ट रहेको बताउँदै, समस्याको समाधान गर्न तर्फ सबै वडा पालिकाले साथ दिनुपर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.