महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुर बाढी प्रभावित क्षेत्रमा निरिक्षण गर्नु भएको छ । कञ्चनपुरको दोधारा चादनी नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा पुगेर प्रभावित क्षेत्र र स्थानियहरु संग भेट गर्नुभएको छ ।
भाद्र १५ गतेदेखी परेको अविरल वर्षातले दोधाराचादनीमा जगबुडा नदीमा पानी को वहाव बढेपछि करिव २ सय बढी स्थानिय प्रभावित भएका थिए । मन्त्री लेखकले दोधारा चादनी नगरपालिकाको वडा नम्वर ३ पट्टरा खल्लामा बाढीले क्षती गरेको स्थानमा पुगेर उक्त क्षेत्रको निरिक्षण गर्नु भएको हो । बाढी प्रभावितहरुले मन्त्री लेखकलाई पक्की गुणस्तरिय तटबन्ध निर्माण गरीदिन माग गरेका छन् ।
हरेक वर्ष जगबुडा नदीले कटान डुवान गर्ने भएपछि यो क्षेत्रको सुरक्षा पक्की तटबन्धले मात्रै गर्ने प्रभावितहरुले बताएका छन् । उनिहरुले महाकाली सिचाई आयोजना तेस्रो चरणले निर्माण गरेको तटबन्धको काम सन्तोषजनक नभएको बताए ।
उनिहरुले राहतभन्दा पनि पक्की तटबन्ध निर्माण गरीदिन माग अघि सारेका छन् । मन्त्री लेखकले बाढीबाट प्रभावित भएका हरुलाई बाढीको क्षतीले आफुले पनि पिडाको महसुस गरेको बताउनु भयो ।
यो क्षेत्रमा महाकाली नदी र जगबुडा नदीले वर्षेनी कटान डुवान गर्ने भएकाले यो क्षेत्रमा अझै मजबुत र राम्रो बाँध बनाउन आवस्यक रहेको बताउनु भयो । ठाँउठाँउमा बाँध फोडेर वस्तीमा बाढी पसेपछि समस्या भईरहेको अवस्थामा बाँध निर्माणको काम निरन्तर चलिरहेको बताउनु भयो ।
गत वर्ष पनि आवस्यक बजेट थियो प्राविधीक कारणले समयममा बाँध निर्माण हुन नसकेको बताँउदै अझै काम गर्न बाँकी रहेको र आगामी वर्षको पनि बजेट आईसकेको टेन्डर खोलेर काम हुने बताउनु भयो, साथै उहाँले दोधारा चादनीलाई बचाउन लागि परेको बताउनु भयो ।
बनाउँदै गर्दा काम पुरा नभएको अवस्थामा पानी आउँछ भत्काउछ, फेरी बनाउँदै गयो कमजोर क्षेत्रबाट भत्किएर बाढी वस्तीमा पस्ने भएका ले अब मजबुत राम्रो बाँधको लागि काम छिट्टै हुने बताउनु भयो । यो समस्यालाई राम्ररी समाधानगर्ने गरी आफुले जलस्रोत मन्त्रालयमा पनि जानकारी गराएको बताउनु भयो ।
अबको दुइचार वर्ष भित्रमा यसको समाधान गर्ने गरी गृह मन्त्रालयले पनि काम गरीरहेको बताउनु भयो । महाकाली सिँचाई आयोजना तेस्रो चरणका सव ईन्जियिर मनोज कुमार चन्दले यो तटबन्धलाई अझै बलियो राम्रो गरी बनाउनका लागि कार्यालयले पूर्ण जिम्मेवारी सहित अगाडी काम गर्ने बताउनु भयो ।
यो ८ सय मिटर तटबन्धमा माटोको मात्रै स्टिमेट रहेको र ग्रावेल नभएको अवस्था रहेको र बजेटको पनि अभाव रहेको भएर यो समस्या आएको र अब ग्रावेल सहितको ठेक्का खोली काम अगाढी बढने बताउनु भयो ।
Comments are closed.